परिचय

सूचना

डिभिजन वन कार्यालय लमजुङको परिचय

लमजुङ जिल्लामा वन संरक्षण व्यवस्थापन गर्नको लागि प्रशासनिक निकायको रुपमा मर्ङस्याङदी वन डिभिजन कार्यालय वि.स. २०३४ सालमा स्थापना भएको हो । त्यस पछि जिल्ला वन कार्यालयको रुपमा वि.स. २०४० सालमा स्थापना भयो । वि.स. २०४२ साल भन्दा अगाडी मनाङ जिल्लामा छुट्टै वन कार्यालयको स्थापना नभए सम्म यसै कार्यालयबाट मनाङ जिल्लाका वन जगंलको समेतको संरक्षणको व्यवस्था मिलाइएको थियो । जिल्ला वन कार्यालयको स्थापना भए पछि यस जिल्लामा व्यवस्थित तवरबाट वन संरक्षण व्यवस्थापन कार्य संचालनमा मौजुदा वन क्षेत्रको आधारमा ३ वटा इलाका वन कार्यालयहरु कायम गरियो । जस अनुसार वेसीशहर इलाका वन कार्यालय, वेसीशहर, तार्कुघाट इलाका वन कार्यालय, सुन्दरवजार र भोर्लेटार इलाका वन कार्यालय, भोर्लेटार गरि इलाका कार्यालयहरु विभाजन गरियो । हरेक इलाकामा त्यसै अनुरुप ४ वटा इकाईहरु कायम भए । यसरी जिल्लामा रहेका वन जगंलको संरक्षण कार्य संचालन गरिदैं आएता पनि जिल्लाका भौगोलिक विकटता, स्थानीय जनताहरुमा वन संरक्षण प्रतिको अज्ञानता र अशिक्षाको कारण तथा जनशक्तिको कमि समेतले गर्दा प्राप्त श्रोत र साधनद्धारा प्रभावकारी रुपमा नियन्त्रण हुन सकिरहेको थिएन । यसलाई थप वल प्रदान गरि प्रभावकारी ढंगबाट संरक्षण कार्य संचालन गर्न विभिन्न निकाय समेतको समन्वय तथा समय समयमा टुरगस्तीको व्यवस्था मिलाई प्राप्त जनशक्तिबाटै वन संरक्षणका प्रयासहरु हुँदै आएको थियो । वन संगठन सुधार भए वमोजिम यस जिल्लामा सम्पुर्ण मौजुदा वन क्षेत्रलाई प्रभावकारी ढंगबाट संरक्षण, व्यवस्थापन गर्न ८ ई.व.का.हरु कायम गरिएकोमा हाल प्रदेश अन्तरगतकाे डिभिजन कार्यालय कायम भए पश्चात यस  कार्यालय अन्तरगत ६ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन् ।

सामुदायिक वन विकास कार्यक्रम लागु भए देखि जिल्लामा वन संरक्षणको स्थितिमा राम्रो सुधार भएको पाईन्छ । जिल्लाको स्थानीय जनताको पहुँचका अधिकांश वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भएका र केहि हुने क्रममा छन् । जिल्लाको कूल वन क्षेत्र ६६,६७३.६ हेक्टर तथा संभाव्य सा.व. क्षेत्रफल ६२५८३.१० हेक्टर (वन क्षेत्र, चरन क्षेत्र, वुटेन क्षेत्र, ब्ऋब्ए क्षेत्र समेत) मध्ये आ.ब. २०७४÷०७५ सम्म ३३५ समूहलाई २१८२२ हेक्टर अर्थात ३२.७२ % वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भईसकेको छ भने १६८ विपन्न समूहलाई ६६४.०७ हेक्टर अर्थात ०.९९ % वन क्षेत्र कवुलियती वनको रुपमा हस्तान्तरण गरि सकिएको छ । समूहलाई हस्तान्तरण भए पछि जिल्लाका सबै वनहरु पहिला भन्दा बढी संरक्षित र हराभरा भएको छ ।

उपरोक्त तथ्याँक अनुसार जिल्लामा अझै पनि केही वन क्षेत्र राष्ट्रिय वन अर्थात सरकारद्वारा व्यवस्थित वनको रुपमा रहेको छ । राष्ट्रिय वनको रुपमा रहेको वन क्षेत्र बसोबास क्षेत्रबाट टाढा रहेको हुँदा ति वन क्षेत्रमा मानिसहरुको चाप न्यून रहेको छ । जिल्लामा प्रचुर मात्रामा जंगली जडिबुटी पाईने भएकोले जिल्ला भित्र बसोबास गर्ने गरिब, बिपन्न परिवारहरुको जिबिकोपार्जनको राम्रो श्रोत मान्न सकिन्छ । यद्यपी जडिबुटीको ब्यबस्थित संकलन, निकासी तथा प्रशोधन तर्फ थुप्रै कार्यहरु गर्नु पर्ने देखिन्छ । जिल्लामा भएको यातायातको सुबिधा, शितल जलबायु, हराभरा प्राकृतिक दृश्य र जिल्लाका बिभिन्न स्थानमा भएका प्राकृतिक र साँस्कृतिक महत्वका स्थानहरुले गर्दा यो जिल्ला पर्यटकहरुका लागि राम्रो गन्तब्य हुन सक्ने देखिन्छ । अतः भविष्यमा हुनसक्ने पर्यापर्यटन (eco-tourism) लाई समेत ध्यान दिनु पर्ने देखिन्छ ।

जिल्लाको वन प्रशासनिक संगठनलाई अझ सुदृढ पार्नु पर्ने खाँचो छ । एक जना रा.प. द्धतीय श्रेणिका डिभिजनल वन अधिकृत, ८ जना सहायक वन अधिकृत र १ जना रेन्जर, २ जना फरेष्टर, २५ जना वन रक्षक र प्रशासनिक कर्मचारी सहित जम्मा ४५ जनाको दरवन्दी रहेको सांगठनिक स्वरुप भएतापनि यस जिल्लामा  दरबन्दी भन्दा कम संख्यामा कर्मचारीहरु कार्यरत रहेक छन् । व.र.हरु स्थानीय रहेतापनि उनीहरुको शैक्षिक स्तर, उमेर, दक्षता आदिले गर्दा आजको जटिल वन ब्यवस्थापनको चुनौतिलाई सामना गर्न संगठनमा धेरै सुधार गर्नुपर्ने देखिन्छ ।

डिभिजन वन कार्यालयको मुख्य कार्य र उद्देश्यहरु:
डिभिजन वन कार्यालयको उद्देश्य समग्रमा प्राकृतिक श्रोत तथा सम्पदाहरुको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन र सदुपयोग गरी वातावरणको संरक्षण एवं ग्रामिण जनस्तरको आर्थिक स्तरमा टेवा पुर्याउँदै राष्ट्रिय आयमा समेत अभिवृद्धि गर्दै नेपाल सरकारले तय गरेको नीति नियम एवं निर्देशनलाई कार्यान्वयन गरी जिल्ला स्तरीय भूमिका निर्वाह गर्नु रहेको छ । मुख्य उद्देश्य पुरा गर्न निम्न कार्यहरु संचालन गरिदैं आएको छ ।
१.  जिल्ला भित्र रहेका वन क्षेत्रको संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापन ।
२. काठ, दाउरा, घाँस लगायतका वन पैदावरहरुको सरल तथा सतत रुपमा उपलव्ध गराउने ।
३.  जिल्लाभित्रका राष्ट्रिय, सामुदायिक, कवुलियती, निजी, धार्मिक वन सम्वन्धी योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने ।
४.  जिल्लामा रहेका संभावित सामुदयिक वन क्षेत्र र कवुलियती वन क्षेत्र स्थानीय उपभोक्तहरुलाई नियमानुसार हस्तान्तरण गर्ने र हस्तान्तरीत सा.व. र क.व. को दिगो व्यवस्थापनको लागी उपभोक्ता समूहहरुलाई आवस्यक प्राविधिक सहयोग उपलव्ध गराई वन ब्यवस्थापन कार्यक्रम जनसहभागिता परिचालन गराउने ।
५.  जिल्ला भित्र निजी वन, कृषि वन, धार्मिक वन विकासको लागि प्राविधिक सहयोग उपलब्ध गराउने ।
६.  बैज्ञानिक वन ब्यवस्थापनका लागि उ. समूह मार्फत कार्यक्रम योजना तर्जुृमा र कार्यान्वयन गर्ने गराउने ।
७.  गैह्काष्ठ वन पैदावरको संरक्षण विकासका लागि कार्यक्रम योजना तर्जुृमा र कार्यान्वयन गर्ने गराउने ।
८.  वन, वन्यजन्तु, जैविक विविधता र यसको वासस्थानको संरक्षण तथा व्यवस्थापन गर्ने ।
९.  सामुदायिक र कवुलियती वनको माध्यमबाट गरीवी निवारण कार्यक्रममा सहयोग पुर्याउने ।
१०.  उत्पादित वन पैदावरहरुको विक्री वितरणबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने ।
११.  उपभोक्ता समूहहरुलाई नर्सरी निर्माण, विरुवा उत्पादन, वृक्षारोपण, वन ब्यवस्थापन तालिम, गोष्ठी, भ्रमण, प्राविधिक एवं कानूनी सल्लाह जस्ता सहयोग उपलव्ध गराउने ।
१२०.  वन विकाससंग सम्वन्धित सरोकारवाला कार्यालय तथा विभिन्न संघसंस्था संग समन्वय र आवश्यक सहयोग पुर्याउने ।
१३.  वन क्षेत्रसंग सम्वन्धित अन्य काम कारवाहीहरु प्रचलित ऐन कानुन वमोजिम संचालन र कार्यान्वयन गर्ने गराउने

डिभिजन वन कार्यालय, लमजुङ © 2018 | Design and Developed by : Vision Computer Sewa - 9846084315 | Email: visioncomputersewa@gmail.com