डिभिजन वन कार्यालय लमजुङको भवन
जिल्ला वनक्षेत्र समन्वय समिति (DFCC) को वैठक
जिल्ला वनक्षेत्र समन्वय समिति (DFCC) को वैठक
Sadhu4
Risti4
pokhari_kerabari
office
Chisapanipond2
previous arrowprevious arrow
next arrownext arrow
 

कार्यालयको परिचय

लमजुङ जिल्ला गण्डकी प्रदेशमा पर्ने मध्यपहाडी जिल्ला हो । अक्षांसः२८°३’१९” देखि २८°३०’३८” उत्तर, देशान्तरः ८४°११’२३’’देखि८४°३८’१०’’ पूर्व, उचाइः ३८५ मिटर (रम्घा ) देखि ८१६२ मिटर (मनास्लु हिमाल) सम्म फैलिएको यस जिल्लाको क्षेत्रफल १६५९०२ हेक्टर (FRA 2019 अनुसार) रहेको छ ।

बि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या महिला ८१,७७५ र पुरुष ७४,०७७ गरि जम्मा १ लाख ५५हजार ८ सय ५२ साथै परिवार संख्या ४४१७० र जनसंख्या बृद्दिदर माईनस ०.७० प्रतिशत रहेको छ । जिल्लामा संघीय संसद निर्वाचन क्षेत्र १, प्रदेश निर्वाचन क्षेत्र २, स्थानीय तह ८ र सो अन्तरगत ७५ वटा वडा रहेका छन ।
वन संरक्षण व्यवस्थापन गर्नको लागि प्रशासनिक निकायको रुपमा वि.स. २०३४ सालमा मर्स्याङ्दी वन डिभिजन कार्यालय स्थापना भएको थियो । वि.स. २०४० सालमा छुट्टै जिल्ला वन कार्यालय, लमजुङको स्थापना भई सो मातहतमा ३ वटा इलाका वन कार्यालयहरु तथा हरेक इलाकामा ४ वटा इकाईहरु कायम गरिएको थियो साथै २०४२ सालसम्म मनाङ जिल्लाको वन क्षेत्र समेत यस कार्यालयको कार्यक्षेत्र अन्तरगत रहेको थियो । वि.सं. २०५० सालमा संगठन पुर्नसंरचना भई २०७५ सालसम्म जिल्ला वन कार्यालय मातहतमा ८ वटा रेन्जपोष्ट (पछि ईलाका वन कार्यालय) रहेको थियो । बि.सं. २०७५/०५/०३ देखि गण्डकी प्रदेश सरकार मातहत रहने गरी डिभिजन वन कार्यालय लमजुङमा ६ वटा सव डिभिजन वन कार्यालय कायम भई वन संरक्षण, सम्वर्द्धन, विकास र सदुपयोगको काम तथा सेवा प्रवाह हुदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत जिल्लाको क्वहोलासोथार गा.पा. (वडा नं. ३ उत्तरकन्या, ४ भुजुङ, ५ सिङ्दी, ६ पसगाउँ, ७ भोजे, ८ घाम्राङ) र मर्स्याङ्दी गा.पा. (वडा नं. १ नायु, २ घनपोखरा, ३ खुदी, ४ ताघ्रिङ, ९ सिम्पानी) मा गरी ३८,२४२ हेक्टर क्षेत्र पर्दछ जसको व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग/सम्पर्क कार्यालय, पोखरा र राष्ट्रिय प्रकृति संरक्षण कोष मातहतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पोखरा/ईलाका संरक्षण कार्यालय, भुजुङबाट हुदै आएको छ । More …